काठमाण्डु – भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाट गर्न बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना सहमति सकिएको हो ।
एउटै सीटमा दुई तीन पक्षले दाबी गरेकाले सहमति हुन नसकेको सीट बाँडफाँट कार्यदलका सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
दलहरूले आ–आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।




प्रतिक्रिया