काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध चार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका बैठकमा मन्त्रालय भागबण्डामा सहमति जुटेको हो ।
जसअनुसार नेकपा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने सहमति भएको छ । तर, कसलाई कुन मन्त्रालय दिने भन्नेबारे गठबन्धनका शिर्ष नेताहरु छलफलमै छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ्मा महायज्ञ दर्शन गरेर फर्केपछि आज साँझ मन्त्रीपरिषद् बिस्तार हुने स्रोतले बताएको छ ।रास्वपाका सभापति रवि लामिछानेलाई गृहन्त्रालय दिन गठबन्धन सहमतमा सहमति जुटेको छ । त्यस्तै अर्थमन्त्रालयमा पनि एमालेले दाबी नगर्ने भएको छ ।




प्रतिक्रिया