संसद बैठकमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

संसद बैठकमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति जुटेको हो ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।