काठमाण्डु – सत्तारुढद गठबन्धनका शीर्ष नेताहरु आन्तरिक भेटघाट तथा छलफलमा जुटेका छन् ।
मन्त्रिपरिषद विस्तार टुंगो लगाउन नसकेपछि आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक बस्न सकेन । बैठक बस्न नसकेपछि शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्तालाई तीब्र पारेका छन् ।
बिहीवार बिहान ८ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटमा उनीहरुबीच सरकार बिस्तारका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया