बालुवाटार बैठक : रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन, राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति

बालुवाटार बैठक : रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन, राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्‍याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा ११ सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उनले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उनले जानकारी दिए । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उनको भनाइ छ ।

समिति गठनको उद्देश्यबारे प्रस्ट पार्दै उनले भने, ‘गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार सञ्चालनमा सहयोग पु¥याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति मात्र हो ।’

राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उनले बताए ।

गठबन्धन बैठकमा राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्म मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताए । न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।