कात्तिकको अन्तिम साता संसदीय चुनाव गर्नेबारे गठबन्धनमा छलफल


काडमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनभित्र संसदीय निर्वाचनको विषयले प्रवेश गरेको छ । स्थानीय तहको निर्वाचन सकिएसँगै गठबन्धनभित्र संसदीय निर्वाचनको मिति कहिले तोक्ने भन्नेबारे चर्चा चल्न थालेको हो । गठबन्धन दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुन्छ भन्ने धारणा आएको छ । कतिपयले मंसिर अन्तिम साता गर्दा पनि हुन्छ भन्ने कुरा गरेका थिए’, उक्त बैठकमा सहभागि एक नेताले भने ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल जति सक्दो चाँडो संसदीय निर्वाचन गराउने तयारीमा छन् । स्रोतका अनुसार फेरी पनि बाम एकता हुने होकी भन्ने डरले प्रधानमन्त्री देउवा जति सक्दो चाँडो निर्वाचन गर्न तयारीमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement