सत्ता गठबन्धनकाे बैैठक जारी, मन्त्रिपरिषद विस्तारबारे के आउला निर्णय ?

सत्ता गठबन्धनकाे बैैठक जारी, मन्त्रिपरिषद विस्तारबारे के आउला निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमणडु – पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन बैठक बसेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले गठबन्धनमा सामेल सबै दलका शीर्ष नेताको उपस्थितिमा बैठक जारी रहेको जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूको सहभागिता छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको ७६ दिन पुग्दासमेत देउवाले मन्त्रीपरिषद विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । राजनीति दलसम्बन्धी अध्यादेश र मालदार मन्त्रालयमा नेताहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा अध्यक्ष यादवको अडान छ भने माधव नेपालले सर्वोच्च अदालतमा विचाराधिन रहेको पार्टीविरुद्धको मुद्दा किनारा लाग्नुपर्ने बताउँदै आएका छन् ।

हालसम्म देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थ, उर्जा मन्त्रीमा पम्फा भुसाल, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । देउवाले सरकारको नेतृत्व गरेको लामो समय बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।