गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता, न्यायालयको विवादबारे छलफल

गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता, न्यायालयको विवादबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ ।

केही दिनअघि बार पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए । सोही अनुसार आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।