काठमाण्डु – सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । सोमबार बिहानबाट सुरु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको स्रोतले जानकारी दियो ।
आजको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्ने विषयमा सहमती गर्ने गर्ने बताइएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ ।
जसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट आठजना, नेकपा माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, नेपाली काँग्रेसबाट तीन र एकजना मनोनीत सांसद छन् ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।




प्रतिक्रिया