काठमाण्डु – सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकले सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्य उम्मेद्वारहरुलाई जिताउन निर्वाचनका लागि चुनावी गठबन्धन गरेका दलहरूले आफ्ना उमेदवारलाई जिताउन संयन्त्रको निर्माण गरेका हुन् ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुनेछ । राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् ।
यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार २५ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै चारदिने भारत भ्रमणमा भारत जाँदैछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ मा उद्घाटन गर्ने समिटमा देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग देउवाले भेटवार्ता गर्ने कार्यक्रम छ ।
रासायनिक मल आयात, ऊर्जा व्यापार, हवाई रुट, सीमा विवादलगायतका विषय देउवाको भ्रमणका एजेण्डा गरेका छन् । तीन दिने भ्रमण सकेर देउवा पुस २८ मा दिल्ली हुँदै काठमाण्डु फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया