सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनको बैठक साँझ ५ बजे बस्ने भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको अढाई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार नभएको भन्दै चौतर्फी आलोचना बढ्न थालेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल तीव्र बनाएका हुन् ।

हिजो पनि सत्ता गठबन्धन दलको बैठक बसेको थियो । सो बैठकले कांग्रेसका नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो । सोहीअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।

त्यस्तै हिजोको बैठकमा प्रचण्डले माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ । माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाए आजै देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन ।

प्रचण्डले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।