काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकपछि संयुक्त अपिल जारी गर्दै गठबनधनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका हुन् ।
त्यस्तै बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ । चुनावी तालमेलका लागि देशभर गठबन्धन गर्ने र मोडालिटीको बारेमा भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।





प्रतिक्रिया