सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ  पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ । एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन पाँच दलीय गठबन्धनको बैठक बसेको हो ।

एमसीसीका विषय पेचिलो बनेका बेला निर्णायक छलफल हुने नेताहरूले बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दैछ । एमसीसी संसद्मा टेबुल गर्नका लागि सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको हो । बुधबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो ।