सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि बाेलाएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो । गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए । बैठक बालुवाटारमा सुरु भइसकेको छ ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रूष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बसेकाे हो।

दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई उल्लंघन गरेर राष्ट्रपति भण्डारीबाट संविधानको गरिमा पालना नगरेको र संसदीय प्रणालीमाथि प्रहार गरेको गठबन्धनले निष्कर्ष निकालेको छ।