काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनकाे बैठक बसेको हो ।
कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत प्रस्ताव गरेको छ ।
गत २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।




प्रतिक्रिया