बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाण्डु – सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले रास्वपासहितको पार्टीलाई सरकारमा ल्याउने गृहकार्य अघि बढाएपछि सत्तारुढ दलहरुसँग बैठक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement