मन्त्रालय भागबन्डा टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रालय भागबन्डा टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेकाे छ । आज बिहान बसेको बैठकले कुनै निकास निकाल्न नसकेपछि पुन: दोस्रो चरणमा नेताहरू छलफलमा जुटेका हुन्।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि अझै भागबण्डामा सहमति जुटाउन दलहरू असमर्थ भएका थिए। बुधवार सहमति जुटे केही मन्त्रीलाई तत्काल शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।