सत्ता गठबन्धनको बैठक बस्दै, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी


काठमाण्डु- सत्ता साझेदार दलहरुको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बुधबार बस्ने भएको छ ।

कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी स्वरुप आजको लागि बैठक बोलाइएको हो । एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएको दाबी गरेको छ ।

समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्।