एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने गठबन्धनको निर्णय

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने गठबन्धनको निर्णय


काठमाण्डु – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

उक्त बैठकमा गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । नेताहरुको सुझावमा प्रधानमन्त्री देउवा सहमत भएका छन् ।

त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद् हेरफेर र संघीय चुनावको मितिबारे पनि छलफल भएको जनाइएको छ । बजेट पारित भएलगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेका नेताहरूले प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै त्यो विषयलाई निरन्तरता दिएका हुन् ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।