काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेर अगाडिदेखि बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार पार्ने कार्यलाई अन्तिम रुप दिने एक नेताले जानकारी दिए ।
बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।




प्रतिक्रिया