बालुवाटारमा सत्तापक्षीय बैठक जारी, गएनन् गगनसहित ४ नेता

बालुवाटारमा सत्तापक्षीय बैठक जारी, गएनन् गगनसहित ४ नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट बैठक सुरु भएको हो।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ।

सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।

बैठकमा गठबन्धन दलहरुबीच बढेको अविश्वासबारे पनि छलफल हुनेछ। पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि कांग्रेस नेताहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन्। बैठकमा कांग्रेस, एमाले, जसपा, लोसपालगायतका नेताहरु सहभागी छन्।

बैठकमा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल सहभागी छन् ।

यस्तै बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा. सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस महामन्त्री गगनकुमार थापा, अनुपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।