सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक साढे ४ बजे जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ढिला आएपछि बैठक ढिला सुरु भएको प्रधानमन्त्रीको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउनेलगायत विषयमा बैठकमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेस सभापति देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायतका नेता सहभागी छन् ।