सत्ता गठबन्धनले प्रदेशका सभामुख र उपसभामुखको भागबण्डा पनि टुंगायो

सत्ता गठबन्धनले प्रदेशका सभामुख र उपसभामुखको भागबण्डा पनि टुंगायो


काठमाण्डु- सत्ता गठबन्धनले सात वटै प्रदेशका सभामुख र उपसभामुख पद कुन पार्टीलाई दिने भन्नेबारे टुंगो लगाएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले सात वटै प्रदेशका सभामुख र उपसभामुख पदको भागबन्डा मिलाएको हो ।

जसअनुसार:

सभामुख

मधेश, कर्णालीः एमाले

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमः माओवादी

बाग्मतीः राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख

प्रदेश १ र गण्डकीः एमाले

बागमती र कर्णालीः माओवादी

लुम्बिनीः राप्रपा

मधेश प्रदेशः जनमत पार्टी

सुदूरपश्चिमः नागरिक उन्मुक्तिलाई प्रस्ताव