दलहरुको सत्ता स्वार्थले के फेरी अनिष्ट निम्त्याउन् लागेको हो ?

दलहरुको सत्ता स्वार्थले के फेरी अनिष्ट निम्त्याउन् लागेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-श्रृया केसी 

पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली जनतामा चिन्ता वढाएको छ । दलहरु फेरि मुलुकलाई सम्वृद्धीतिर अघि वढाउने एजेण्डाबाट विमुख हुदै छन् र केवल सत्ता स्वार्थमा केन्द्रीत छन् भन्ने सन्देश प्रवाह भएसंगै जनतामा निराशा छाएको छ ।

 

 

 

राष्ट्रिय मुद्दाको बेवास्ता गर्दै व्यक्तिवादी प्रवृतिलाई मलजल गर्ने नेताहरुको शैलीबाट जनता आजित छन् । जनआन्दोलन सफल हुनु, ढिलै भएपनि संविधान जारी हुनु जस्ता घटनाक्रमले गणतन्त्र संस्थागत गर्ने काम तिब्रताका साथ अघि वढ्छ भन्ने अपेक्षा गरिएको थियो । त्यसो त केही राजनीतिक मुद्दाहरुको सम्बोधन भएको छ ।

 

 

 

 

स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ भने अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुदैछ । तर, विभिन्न कालखण्ड पार गर्दै जनआन्दोलन पश्चात निकै हौसिएका नेपाली जनता आजका दिनसम्म राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रिन बाध्य छन् । बढ्दो राजनीतिक अस्थिरताले भविष्यप्रति अझ बढी अन्यौलमा छन् ।

 

 

 

 

 

एमाले– माओवादी गठबन्धन बनेपछि जनता खुशी छन् । तर संगसंगै यो  राजनीतिक तरंगले  आम नेपालीमा आशंका पनि जन्माएको छ । अपत्यारिलो लाग्ने वाम एकतासंगै राजनीतिक धु्रविकरण तिब्र बनेको छ ।

 

 

 

 

नेताहरुको तालमेल भएता पनि त्यसबाट सिर्जना हुने सकारात्मक परिणाम व्यवहारिक रुपमा त्यति सहज छैन भन्ने देखिएको छ ।  बाम गठबन्धन बनेपछि मंसिरका लागि तय भएको चुनाव हुने नहुनमा अन्यौल सृजना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेसको स्थिति अनुकुल नहुन्जेल चुनावमा जान नचाहेको खवरहरु आउन थालेका छन् । जुन कुरा देशका लागि शुभ संकेत होइन ।

 

 

 

 

यसले संक्रमणकाल अझ लम्बिने छ र नेपाललाई लामो समयसम्म राजनीतिक अस्थिरताको बाटोमा अग्रसर बनउनेछ । अब हुने चुनाव नेपाल र नेपालीको जीवनमा विशेष महत्वको हुनेछ । यो निर्वाचनपछि नै गणतन्त्र संस्थागत भएको ठानिनेछ र संस्थागत संरचनाहरु तय हुनेछन् ।

 

 

अपार सम्भावनाभित्र रहेको नेपाललाई सही तरिकाले अघि वढाउने दायित्व राजनीतिक दलहरुको हो । उनीहरुले यो दायित्वलाई सही ढंगले निर्वाह गर्न सकेनन् भने परिणाम भयाबह हुन सक्छ ।

 

 

 

यो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण हुन अत्यन्त जरुरी छ । देश र जनताको हितका लागि राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक सम्हाल्नु सबैको कर्तव्य हो । सत्ताको नाममा दलहरुबीच उत्पन्न खिचातानीका कारण मुलुकले बेहोर्नुपर्ने सम्भावित खतराबारे जानकार बन्नु अहिलेको आवश्यकता हो ।

 

 

 

 

मुलुकको वृहत्तर हितका लागि सबै दल एकजुट हुनु अत्यन्त जरुरी छ । कुटनीतिक हिसाबले निकै कमजोर मानिएका दलका नेताहरुले राष्ट्रियताको सवालमा दूरगामी नेतृत्व गर्न सक्ने क्षमता राख्नु पर्दछ । हरेक पल्ट राष्ट्रिय मुद्दाको बेवास्ता गरी  व्यक्तिगत लाभप्रति आकर्षित हुँदा मुलुक राजनीतिक एवं कुटनीतिक हिसाबले निकै कमजोर बन्ने छ ।

 

 

 

दुई ठूला समृद्ध छिमेकी राष्ट्रको बीचमा रहेको नेपालको गौरवको इतिहासको संरक्षण गर्दै सम्बृद्धीतिर लैजानु नै समग्र मुलुकको विकास हुनु हो । साथै मुलुकको राजनीतिक तरलताको अवस्थालाई ध्यानमा राखेर राष्ट्रिय स्वार्थका निम्ति राष्ट्रियता पक्षधर पाटीहरू एकजुट हुनुको विकल्प छैन ।

 

 

सत्ता लिप्साले लोकतन्त्रको मर्मलाई उपहास गरेको छ । यस परिस्थितिमा राष्ट्रियताको सवाल र मुलुकको रक्षार्थ सरकारले गम्भीरतापूर्वक कदम चाल्नु अत्यन्त जरुरी छ । इतिहास र पृष्ठभूमिबाट शिक्षा लिएर दलका नेताबीचको अविश्वास र अन्यौलतालाई चिर्ने प्रयास गर्नु बुद्धिमानी र मुलुकको हितमा हुनेछ ।