काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। वर्षा र हिमपातले चिसो बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेका छन्।
प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन्।शनिबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने छ।




प्रतिक्रिया