शनिबार थपिए १०२४ काेराेना संक्रमित ,२२०६ डिस्चार्ज


काठमाण्डु –नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २२०६ जना डिस्चार्ज भएका छन्।

योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। त्यस्तै, काेराेना संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement