काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ जना पीसीआर र ७०४ जनाको एन्टीजेन परीक्षण गर्दा ८९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १२९ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ६१५३ पुगेको छ । अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।




प्रतिक्रिया