काठमाण्डु – विसं २०७८ साल जेठ ०८ गते शनिबार । इस्वी सन् २०२१ मे २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा ।
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ ।
बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरूलार्ई हराउन सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । मायाप्रेममा नजिक भए पनि आत्मीयताको कमी महसुस हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) मायाप्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । परिवारसँगको बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै मायाप्रेमको गाँठो कसिलो भएर जानेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । तर पनि विदेशमा बसेर काम गर्नेहरूले मनग्य धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ, ख्याल गर्नुहोला ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) मायाप्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) समस्याका खाडलहरू पुर्न अथक प्रयास गर्दागर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) विशेष गरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइलेखाइमा समय दिन नसक्दा गृहकार्यहरू थाँती रहनेछन् । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुने योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) भौतिक तथा विलाशी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।




प्रतिक्रिया