तपाईँको शनिबारको दिन कस्तो रहनेछ ? हेर्नुस राशिफल

तपाईँको शनिबारको दिन कस्तो रहनेछ ? हेर्नुस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार १८ मंसिर । ४ डिसेम्बर २०२१ । मार्गशीर्ष कृष्णपक्षको औँशी । बिहान ९ः१८ मिनेटबाट राहुकाल सुरु हुनेछ भने १०ः३६ सम्म रहने छ । त्यसैगरी ११ः३४ देखि अभिजित मुहूर्त शुरु हुनेछ १२ सम्म सम्म रहनेछ ।  शनिबार सूर्योदय बिहान ६ः४१ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ ।

मेष (चु.चे.चो.लि.लु.ले.लो.अ) आजको दिन व्यापारव्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारका साथ सहयोगले तपाईँको योजना सफल हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । व्यापार फाइदा नहुँदा पनि निरास हुनु पर्नेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) तपाईँको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन तपाईँको यात्रा कार्यमूलक हुनेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा सोच विचार गर्नु उत्तम होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) यात्राको अवसर र सम्भावना पनि छ । चन्द्रमाको साथ छ । औँशी तिथि परे पनि तपाईँका लागि केही फाइदा हुने दिन छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईँलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन देवालय र शिवालयको यात्राले तपाईँलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ ।