काठमाण्डर – वि.सं.२०७७ साल चैत्र ०७ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नी बीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा केही खरावी हुन सक्छ ख्याल गर्नुहोला । साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना वढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । बिद्यामा बढि नै समय लगानी नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धी सामान्य समस्याले सताउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।




प्रतिक्रिया