शनिबारकाे मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना

शनिबारकाे मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना


काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैगरी, महाशाखाले शनिबार दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

त्यसैगरी आईतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।