काठमाण्डु – शनिबार देशका केहि भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ।
बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त न्यून चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने मौसमविदले बताएका छन् । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ।
देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया