काठमाण्डु – जल लथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
हाल देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।




प्रतिक्रिया