काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापिय क्षेत्रको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बलदी रहने छ ।




प्रतिक्रिया