शनिबार देशभरकाे मौसम कस्तो रहला?

शनिबार देशभरकाे मौसम कस्तो रहला?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार देशभरकाे माैसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भएको छ ।शनिबार दिनभरको मौसम भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जनाइएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।