शनिबारकाे माैसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली

शनिबारकाे माैसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।