शनिबार कुन राशिका लागि कति शुभ ?

शनिबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं. २०७८ साल जेठ २२ गते शनिबार । इस्वी सन् २०२१ जुन ०५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । विद्यामा तपार्ईंले गरेको मिहिनेत खेर जानेछैन ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  मायाप्रेमका कोपिला फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  मायाप्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने तपार्ईंको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुक्त हुने समय रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तु प्राप्तिको गतिलो योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) भाग्यले साथ दिने हुनाले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  भाग्य तथा समयले साथ दिने हुनाले गरेका काममा लाभ मिल्ने समय रहेको छ । माया प्रेमको गाँठो कसिनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिने समय छ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइलेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरूको सल्लाह बमोजिम अगाडि बढ्नुहोला, गन्तव्य पहिल्याउन सहज हुनेछ ।