काठमाण्डु – वि.सं.२०७७ साल पौष १८ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ०२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । बिद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पति पत्नी बीच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाईसँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनसक्छ खानपानमा ध्यान लिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनु पर्ने समय रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलव्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा वढोत्तरिको गतिलो योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ ।माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरीएको लगानीबाट नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अविस्वासको वाताबरण सिर्जना हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षा क्षेत्रमा गरीएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ ।




प्रतिक्रिया