शनिबार कुन राशिका लागि कति राम्राे ? हेर्नुहोस् राशिफल

शनिबार कुन राशिका लागि कति राम्राे ? हेर्नुहोस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल भाद्र ०६ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् ।माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । मायाप्रेममा एक अर्काबिच नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी विच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवारमा आफन्त तथा पति पत्नी विच मनमुटाव बढ्नेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।