काठमाण्डु – वि.सं.२०७७ साल भाद्र २० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०५ तारिख । नेपाल संवत् ११४० काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ ।




प्रतिक्रिया