काठमाण्डु – वि.सं.२०७७ साल कार्तिक ०१ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १७ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुन अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ । अरुकै पछी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरीने व्यावसायमाबाट घाटा लाग्न सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ ।




प्रतिक्रिया