आगामी शनिबारदेखि विशेष कला प्रदर्शनी काठमाण्डुमा हुने

आगामी शनिबारदेखि विशेष कला प्रदर्शनी काठमाण्डुमा हुने


काठमाण्डु – अमेरिकी चित्रकार रिक कमिङ्स (१९४९–२०२५) को जीवन र कला यात्रालाई समेटिएको विशेष कला प्रदर्शनी काठमाण्डुमा हुने भएको छ ।

‘रिसोर्सेस इन क्याओस’ शीर्षकमा आगामी शनिबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी हुन लागेको हो ।

कार्यक्रमले क्यान्सरसँगको व्यक्तिगत संघर्ष र समुदायमा यसबारे सचेतना फैलाउने लक्ष्य राख्ने बताइएको छ ।

लामो समयदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका कमिङ्सको गत वर्ष निधन भएको थियो । प्रदर्शनीमा उनैले ५ दशकको अवधिमा सिर्जना गरेका करीब ५० वटा छानिएका कलाकृतिहरू प्रदर्शनी गरिने भएको छ ।