सत्यमोहन सिक्कामा

सत्यमोहन सिक्कामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको छ।

जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्कासन गरेको हो। विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उहाँको जन्म भएको हो।

ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्कासन संख्या १० हजार थान) र चाँदीबाट बनेका १००० (तौल १० ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या २५ हजार थान) र २५०० रुपियाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या १० हजार थान) निष्कासन गरेको थियो।याृ खबर समाचारपत्रमा छ ।