कविताः तिम्रो मर्मको रक्षार्थ क्रान्तिको हसियाँ उठाईरहेछौं


सत्य पहाडी

तिम्रो सम्झनालाई शक्ति बनाएर
विरताको ईतिहास रक्षार्थ
दृढ़ताका मुठि उचालेर
न्याय र समानताको लागि
लडिरहेकै छौं अहोरात्र
तिम्रो प्रेरणाको पटुकि कसेर
निरंकुशताको बिरुध्द बन्दुक बोकेर
तानाशाहालाई घोडाबाट खसालेकै हो
संसार हल्लाउने गरी
आकाश धर्ति थर्काउने गरी
रक्तस्नान गर्दै
एउटा अर्को
अभूतपूर्व ईतिहास सृजेकै हो
साक्षि छन् सगरमाथाको देशमा
शहिदहरुका शहासिक कथाहरु
नपत्याय बन्दुक संगै बच्चा बोक्ने
बिरंगनाहरुलाई सोधे हुन्छ
जिउदा ईतिहासहरु
हजारौं घाईतेहरुलाई सोधे हुन्छ
आफ्ना र आफन्त गुमाउनेहरुलाई
सोधे हु्न्छ
सोधे हु्न्छ
क्रान्तिका राता सिपाहिहरुलाई
अभेद्य फलामे किल्लाहरुलाई
हो अत्याचारको जालो च्यातेकै हो
मात्र तिम्रो सम्झनालाई उर्जा बनाएर
अर्को ईतिहास सृजिएकै हो
तर एक दिन मात्र
तिम्रो नामको सम्झनामा
कदापि आत्मरति गरेर
अरु जस्तै बस्न सक्दैनौ हामी
ईतिहासका हत्याराहरुको
देखासिकि बन्न पनि
तिमि सक्छौ कसरी ?
आज भोली
ठेला उठेका हातहरुका
आत्महरु दुखाउदै
उत्पिडकहरु तिम्रो नाम को
मुठि उठाउँछन
लज्जा लुकाएर
बेसरमहरु
तिम्रो नामको
ब्यापार गरिरहेका छन
ब्यानरका अक्षरहरुलाई
आलिसान होटेलहरुमा
बौद्धिक बिलासिताको बिज्ञापन
बनाईरेका छन् त
तिथि र मितिमा मात्र
तिम्रो याद गर्न सक्दैनौं हामी
हर पल तिम्रो मर्मको रक्षार्थ
हर दिन तिम्रो सन्देशमा संकल्पित हुदै
असमानताको पर्खाल फोड्न
अत्याचारका सांग्ला तोड्दै
क्रान्तिको हसिया र हठौडा
उठाईरहेछौं !
तिम्रो भावनालाई समृद्ध गर्न
निरन्तर तिरन्तर
लडिरहेछौं !

(सांसद पहाडीले अन्तराष्ट्रीय श्रमिक महिला दिवसकाे अवसरमा लेखेकाे कविता)

प्रतिक्रिया दिनुहोस
Advertisement