सत्यमोहन जोशीले पाए पहिलो ई–पासपोर्ट

सत्यमोहन जोशीले पाए पहिलो ई–पासपोर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले पहिलो ई पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका छन्।

उनले सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई–पासपोर्ट प्रचलनमा ल्याउन ई–पासपोर्ट वितरण सुरु गरिएको जानकारी दिए ।सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको समेत व्यवस्था गरेको छ ।

केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गर्ने पनि राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले बताए ।