काठमाण्डु- अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद स्वदेश फिर्ता भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गते अमेरिका भ्रमणमा निस्किएका थिए ।
अमेरिकाको भ्रमणको क्रममा मन्त्री साउदले समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । विदेशमन्त्रीसँगको भेटका क्रममा नेपाल‒अमेरिका द्विपक्षीय सम्बन्धका विषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचार आदान प्रदान भएको थियो ।
दुवै पक्षले आपसी हितका विषयहरुमा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।




प्रतिक्रिया