जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्र मन्त्री साउद कतार प्रस्थान

जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्र मन्त्री साउद कतार प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  परराष्ट्र मन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् । कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले भोलिदेखि सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै इजरायलको हमासले बन्दी बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताइएको छ । मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेटेर जोशी रिहाका लागि पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतार जानुअघि मन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । मङ्सिर १९ गते भएको भेटघाटमा मन्त्री साउदले हमासको कब्जामा रहेका जोशीलाई रिहाका लागि पहल गरिदिन आग्रह गरे । उनले आफू कतार गएका बेला यस विषयमा कुराकानी गर्ने र यसका लागि सबै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।