काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । बिहीवार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत पोलिटले मन्त्री साउदलाई बधाई दिएकी हुन्।
त्यस्तै उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया