एक्जिट भिसा नपाएर साउदीमै अलपत्र  नेपाली

एक्जिट भिसा नपाएर साउदीमै अलपत्र  नेपाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका ४० नेपाली युवा एक्जिट भिसा नपाएर समस्यामा परेका छान् । भिसाको म्याद सकिएर कम्पनीले एक्जिट भिसा नलगाई दिएपछि उनीहरू समस्यामा परेका हुन् ।

साउदीको जेद्धामा रहेको सेद इन्टरनेसनलले कम्पनीले समयमा एक्जिट भिसा नलगाई दिँदा स्वदेश फर्किन समस्या भएको पीडित नेपालीहरूले जनाएका छन् । कम्पनीले एक्जिट भिसाको प्रोसेस भईरहेको छ मात्र भन्ने तर अहिलेसम्म केही नगरेको बर्दिया तारातालका गजेन्द्र भण्डारीले बताएका छन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने ४० नेपाली एक्जिट भिसाको पर्खाइमा बसेको पनि पाँच महिना भयो,’ उनले भने, ‘कम्पनीले खानबस्न दिए पनि लामो समयसम्म कोठामा बसिरहेकोले मानसिक तनावमा छौ ।’ आफूहरुको समस्या जेद्धास्थित महाबाणिज्य दूतावासलाई पनि ४० जनाकै नाम लिष्टसहित जानकारी गराएको भए पनि आज हुन्छ, भोलि हुन्छ भनेर झुलाई रहेको उनीहरुले बताएका छन्।

यता दूतावासले भने पीडितको समस्या समाधानको प्रयास जारी रहेको बताएको छ ।