साउदीमा ‘काफला’प्रणालीमा सुधार, विदेशी कामदारले अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

साउदीमा ‘काफला’प्रणालीमा सुधार, विदेशी कामदारले अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेशी कामदारको सुविधालाई मध्यनजर गर्दै साउदी सरकारले ‘काफला’ प्रणालीमा सुधार गरेको छ ।

साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले सुधार गरेको काफला प्रणाली आइतबार आजदेखि लागू भएको हो ।

यो प्रणाली लागू भएसँगै साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने भएका छन् भने कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ ।

यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइन्छ । विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको उल्लेख छ । यअसघि विदेशी कामदारको हक खोसिएको भन्दै यसको व्यापक विरोध भएको थियो ।